देशभरमा १४ हजार ९६१ जना काेराेनामुक्त भएर घर फर्किए

जनकपुरधाम । देशभरमा कोरोना भाइरस (काेभिड-१९) संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय १८ जनामा संक्रमण पुष्टि भएको हाे ।

साेही अवधिमा कोरोनामुक्त हुनेहरुको संख्या ३ सय ५८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताए । योसँगै हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

मन्त्रालयकाअनुसार प्रदेश १ मा ८ सय ७५, प्रदेश २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३, गण्डकी प्रदेशमा १ हजार ३ सय ३०, प्रदेश ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना काेराेनामुक्त भएर घर फर्किएका हुन्।

यसैगरी, देशभरिका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस