BREAKING: सप्तरीभरि मंगलबारदेखि निषेधाज्ञा जारी [के-के खुल्ला रहने?]

राजविराज, १९ साउन । सप्तरी जिल्लाभरि मंगलबार विहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । साेमवार बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकबाट साे निर्णय गरिएको हाे ।

काेराेना भाइरस संक्रमणकाे प्रभावकारी नियन्त्रण तथा राेकथामका लागि जिल्लाभरि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि अाचार्यले जानकारी दिए ।

मंगलबार (साउन २० गते) विहान ५ बजेदेखि एक साता (साउन २६ गते) साँझ ६ सम्मका लागि निषेधाज्ञा जारी भएको हाे। साे अवधिमा अनावश्यक हिडडुल गर्नेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अाचार्यले बताए । यसअघि राजविराज नगर क्षेत्रभरि मात्रै निषेधाज्ञा थियोे ।

Author:



क्याटोगरी छान्‍नुहोस