विश्वभर कोरोनाबाट ७ लाखबढीको मृत्यु, एक करोड ८६ लाख संक्रमित

जनकपुरधाम । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ७ लाख बढीको मृत्यु भएको छ । संक्रमणबाट विश्वभर ७ लाख २ हजार ६ सय ४२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा छ ।

तथ्यांककाअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ लाख ५९ हजार ३ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ८६ लाख १४ हजार १ सय ७७ जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

जसमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ४७ लाख २८ हजार २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ५० पुगको छ ।

तथ्यांकअनुसार ब्राजिल सबैभन्दा बढी प्रभावित छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको संख्या ब्राजिलमा ९५ हजार ८ सय १९ पुगेको छ भने २८ लाख १ हजार ९ सय २१ जना संक्रमित छन ।

यसैगरी, कोरोनाबाट प्रभावित मुलुकमध्ये भारत तेश्रो स्थानमा छ । भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ६ सय ९९ जना पुगेको छ भने हालसम्म १९ लाख ६४ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस