सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

राजविराज । सिरहामा पनि एक कोरोना भाइरस (काभिड–१९) संक्रमित २१ वर्षीय युवकको मृत्यु भएको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहिवार राति मृत्यु भएको हो ।

मृगौलाका विरामी रहेका गोलबजार नगरपालिकाका वडा नं. १२ का युुवकको संक्रमणबाट मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कणेलले जानकारी दिए ।

नियमित डायलासिस गराउँदै आएकोमा केहिदिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस