विद्यार्थी भर्ना नलिन हिसान मोरङको आग्रह

विराटनगर । हिसान मोरङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिएको भन्दै आफ्ना सदस्य विद्यालयलाई कक्षा–११ मा भर्ना नलिन आग्रह गरेको छ ।

हिसान मोरङको बसेको बैठकले कोरोनाको महामारीको कारण तत्काल भर्ना प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको हो । कोभिड–१९ बाट बच्न र बचाउन सम्पूर्ण उपायहरु उपनाई अत्यावश्क काम बाहेकबाहिर ननिस्कन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई हिसानले आग्रह गरेको छ ।

कोरोनाको रोकथाम र नियन्त्रण भइ जनजीवन सामान्य बनेपछि भर्ना प्रक्रियाको सूचना जारी गरि जानकारी गराउने हिसान मोरङका सदस्य लक्ष्मण ढकालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस