कोरोनाको कहरः विश्वभर एकै दिन ६ हजारबढीको मृत्यु

जनकपुरधाम । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख २२ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार २ सय १६ वटा देशमा फैलिएको कोरोनाले हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २ सय ८५ जनाको मृत्यु भएको हो । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल रहेको छ ।

हालसम्म संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

एकैदिन ६ हजारबढीको मृत्यु

विश्वभर आइरवार मात्रै ६ हजार २ सय ७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही कम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार ५६६ कोरोना संक्रमितको मृत्यु भएको थियो । संक्रमितको संख्या एक करोड ९४ लाख ६२ हजार १ सय १२ पुगेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस