वीरगन्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

जनकपुरधाम, २६ साउन । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा १६ जना पुरूष तथा ६ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी, पोखरीया नगरपालिकाका २५ वर्षीय एक चिकित्सक पनि छन ।

यसैगरी, एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको आइतवार गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो ।

उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार बिहान गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस