अब सप्तरीमा पनि निजीस्तरबाट कोरोना परीक्षण सुरु

राजविराज। सप्तरीमा निजीस्तरबाट पनि कोरोना भाइरस (कोभिड–१९) परीक्षणकालागि स्वाब संकलन कार्य सुरु भएको छ ।

‘सुरिया हेल्थ केयर लाजिम्पाट’को शाखा कार्यालय राजविराजस्थित ‘सुरिया डाइग्नोटीक सेन्टर’ले स्वाब संकलन कार्य थालेको हो । ‘कोभिड–१९को संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा सघाउन हामी अघि आएका हौं’ ‘सुरिया डाइग्नोटीक सेन्टरका म्यानेजिङ डाइरेक्टर अरुणकुमार यादवले भने–‘सोही तहत पिसीआर विधिबाट कोरोना परीक्षणकालागि स्वाब संकलन कार्य थाल्यौं ।’

यहाँबाट संकलित स्वाब काठमाडौंस्थित ‘सुरिया हेल्थ केयर’को ल्याबमा कोरोना परीक्षण हुने उनले जानकारी दिए ।

यसअघि सप्तरीमा सरकारीस्तरबाट मात्रै पिसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो । सरकारीस्तरबाट कोरोना परीक्षण गराउनकालागि संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङ देखिएको हुनुपर्ने वा क्वारेन्टाइनमा बसेको हुनुपर्ने वा भाइरसको लक्ष्य देखा परेको हुनुपर्ने अनिवार्य छ ।

यी मापदण्डमा नपरेकाले पनि निजीस्तरबाट कोरोना परीक्षण गराउन पाउनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780