दोषीलाई कार्वाही गर्न फोटो पत्रकार महासंघको आग्रह

राजविराज, २७ साउन । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ का सहसचिव परिष कर्णले फोटो खिचेकै आरोपमा सोमबार साँझ उनका परिवारजनमाथि गरेको हातपातको घटनाप्रति नेपाल फोटो पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका अध्यक्ष मनोज कुमार माझीले उच्छृङ्खल समूहले परिवारजनमाथि हातपात गरेको घटनाको कडा शब्दमा भत्र्सना गरेका हुन् । पत्रकारिता पेशाको निरन्तरताका क्रममा कानून विपरीतका कामकार्वाहीको फोटो खिच्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रता अन्तरगत नै पर्ने भए पनि फोटो खिचेकै आरोपमा पत्रकारको घरमा गई आक्रमण गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिकै प्रहार भएको प्रेस विज्ञप्तिमा ठहर गरिएको छ । उक्त घटनाका दोषीलाई पत्ता लगाएर कार्वाही चलाउन तथा पत्रकारको सुरक्षाप्रति गम्भिर हुन स्थानिय प्रशासनसँग अध्यक्ष माझीले जोडदार माग गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस