धनुषामा थप एक जनाकाे मृत्युु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ पुग्यो

जनकपुरधाम, २७ साउन । धनुषामा थप एक जनाकाे कोरोना भाइरस (काेभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ । धनुषाकाे विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पताल जनकपुरमा करिब २० दिनदेखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको साेमवार राति कोरोनाको कारण मृत्यु भएको हो । याेसँगै धनुषामा हालसम्म ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

यसअघि आइतवार मृत्यु भएका पुरुषमा सोमबार कोरोनासंक्रमण पुष्टि भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस