ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज, २६ साउन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ११ स्थित पुल नजिक ट्रयाक्टरको ठक्करबाट सोमवार साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्वर ४ का १९ वर्षिय मोहम्मद फारुक रहेका छन् । पत्थरगाडाबाट ईटा बोकेर गईरहेका न ६ त ९१३९ नम्वरको ट्रयाक्टरले स ८ प ४४७६ नम्वरको मोटरसाइकललाई ठक्कर हानेको थियो । ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक फारुकको तत्कालै घटनास्थलमै मृत्यु भएको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित डिडिआर ईटा उद्योगबाट ईटा बोकेर हिँडेको उक्त ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर हानेको थियो । ठक्कर हान्ने ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेको जनाईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस