राजविराजमा करेन्ट लागेर एक युवाको मृत्यु

राजविराज, २६ साउन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १ का एक युवाको सोमवार करेन्ट लागेर मृत्यु भएको छ ।

रहमतपुर टोलका मोहम्मद ईस्लाम आलम आफ्नै घरको पानी तान्ने मोटरमा विधुतीय तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारकालागि स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल लगिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस