जनकपुरधाम । प्रेस काउन्सिल नेपालले तत्कालकालागि अनलाइन सुचीकरण र पत्रपत्रिकाको वर्गीकरण प्रमाणपत्र वितरण कार्य स्थगन गरेको छ ।
बुधवार सुचना जारी गर्दै कोभिड–१९को बढ्दो सम्भावित संक्रमणबाट जोगाउनको निम्ति नेपाल सरकार, मन्त्रीपरिषद्बाट निर्णय समेतको आधारमा तत्कालकालागि सेवा प्रवाह स्थगन गरिएको जानकारी गराएको छ ।
‘२०७७।०४।२८ को निर्णयबमोजिम यस काउन्सिलबाट हुने अनलाइन सुचीकरण र पत्रपत्रिकाको वर्गीकरण प्रमाणपत्र वितरणको कार्य २०७७।०४।३० गतेदेखि अर्को सूचना नभएसम्मकोलागि स्थगित गरिएको छ, सूचनामा उल्लेख छ ।’
