प्रधानमन्त्री मोदीसँगै अयोध्यामा भूमि पूजनमा बसेका महन्थ कोरोना पोजेटिभ

एजेन्सी । भारतको श्रीराम जन्मभूमी तिर्थ क्षेत्र स्ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । ८२ वर्षीय दास विहीबार अस्वस्थ भएसँगै कोरोना जाँच गरिएको थियो जसको रिपोर्ट पोजेटिभ आएको छ । बुधबार कृष्ण जन्माष्टमी मनाउन उनी मथुरा पुगेका थिए ।

त्यसतै आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा समेत उनी सहभागी भएका थिए ।

यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथ फोनमा महन्थको स्वास्थ्यको जानकारी लिएका छन्। योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेपछि उनलाई मेदन्ता अस्पताल भर्ना गर्न भनेका छन्।

महन्थका शिष्य धमेन्द्र दासका अनुसार सास लिनमा अफ्टेरो भएपछि अक्सिजन सिलिन्डर पनि मगाइएको छ । औषधि सेवन गरेपछि ज्वरो घटेको र अवस्था चिन्ताजनक नरहेको धमेन्द्र दासले बताए

Author:



क्याटोगरी छान्‍नुहोस