मोरङका एक उद्योगमा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । मोरङको बूढीगंगा गाउँपालिका–१ मा सञ्चालित आरती स्ट्रिप्स प्रालिमा कार्यरत ३० जना मजदुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भारतीय लगानीमा सञ्चालित उक्त उद्योगमा डेढ सयभन्दा बढी कर्मचारी तथा मजदुरहरुको स्वाब संकलन गरिएको थियो । जसमा एक कर्मचारीसहित ३० जना मजदुरमा एकैपटक कोरोना संक्रमण देखिएको हो । त्यहाँका अधिकाश कर्मचारी तथा मजदुर भारतीय रहेको जनाएको छ ।

हाल उद्योग सिल गरी मजदुरलाई आइसोलेसनमा राखिएको बूढीगंगा २ का वडाध्यक्ष युवराज पौडेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस