आइसोलेसन केन्द्र स्थापना गर्न प्रदेश १ सरकारद्वारा एक करोड ६० लाख रुपैयाँ निकासा

जनकपुरधाम । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारलाई थप व्यवस्थित गर्न स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले आइसोलेसन केन्द्र स्थापनादेखि क्वारेन्टाइन व्यवस्थापनसम्मकालागि थप रकम उपलब्ध गराएको हो ।

जसअनुसार आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रुपैयाँ उपलब्ध गराएको छ भने ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन सो रकम उपलब्ध गराएको जनाएको छ ।

प्रदेश सरकारकाअनुसार विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउन महानगरपालिकालाई १० लाख, रंगेली नगरपालिका वडा नं ७ स्थित जनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

यसैगरी, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख, सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५–५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

यसैगरी, कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख, बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि ५–५ लाख रुपैयाँ उपलब्ध गराएको प्रदेश सरकारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस