सप्तरीमा जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात, न्याय गुहार्दै कर्मचारी आन्दोलित

राजविराज, २९ साउन । जनप्रतिनिधिले कर्मचारीमाथि हातपात तथा अमानवीय व्यवहार गरेको भन्दै सप्तरीको डाकनेश्वरी नगरपालिकाका कर्मचारीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन ।

विहिवार कर्मचारीहरुको भेलाले लिखित रुपमै आन्दोलनको घोषणा गरेको हो । जनप्रतिनिधिलाई कारवाही नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरुको अडान छ । आन्दोलनका कार्यक्रमअनुसार भोली (साउन ३० गते) देखि ३२ गतेसम्म सम्पूर्ण कर्मचारीहरुले कालोपट्टी बाँधेर कामकाज गर्ने, भदौ १ गतदेखि कलम बन्द गर्नेछ ।

त्यसपछि पनि जनप्रतिनिधिलाई कारवाही नभए रिले अनसन बस्ने उनीहरुले चेतावनी समेत दिएका हुन् । कर्मचारीहरुकाअनुसार गत साउन २६ गते कार्यालय प्रमुख वसन्तकुमार दासको निवासीमै जनप्रतिनिधिले एक कर्मचारीमाथि हातपात तथा अमानवीय व्यवहार गरेको छ ।

वडा नम्वर ८ का वडा सदस्य मानवीर रजकले नगपालिकाका कार्यालयका कार्यालय सहयोगी सुरेन्द्रनारायण गुप्तामाथि हातपात तथा अमानवीय अभद्र व्यवहार गरेकाले कर्मचारीहरुलाई बाध्य भएर आन्दोलन थाल्नु परेको कर्मचारीहरुको भनाई छ ।

जनप्रतिनिधिमाथि मुद्दा दर्ता गराउन सघर्ष समिति गठन

सोही भेलाबाट वडा सदस्य रजकमाथि मुद्दा दर्ता गराउन सघर्ष समिति पनि गठन गरिएको छ । तारणीप्रसाद यादवको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा राजलाल पण्डित, महिनारायण सिंह, उमेशप्रसाद साह, विकास दाहाल, अनिता परियार, धनश्याम साह छन ।

यसैगरी, रामाकान्त चौधरी, शम्भु चौधरी, चन्द्रकला चौधरी, जगदश प्रसाद यादव, हरिवंश चौधरी, सुभाषचन्द्र यादव, छत्रननारायण पण्डित, रमेशप्रसाद साह पनि सघर्ष समितिको सदस्यमा रहेका छन ।

‘वडा सदस्यले गलत गरेकै हो’

नगरपालिकाका नगर प्रमुख शिवनारायण साहले कर्मचारीमाथि हातपात गरेर वडा सदस्यले सरासर गलत कार्य गरेको प्रतिक्रिया दिए । ‘उहाँले केही समयअघि भौचर मागेको थियो, त्यही भौचर नदिएको निहुँमा कर्मचारीमाथि हातपात गरेको हुनसक्छ, जो कि गलत हो’ उनले भने–‘वडा सदस्यलाई आफैं वुझ्नुपर्ने थियो, उहाँ न्यायिक समितिका सदस्य पनि हुनुहुन्छ, यद्यपी थप कुरा बुझ्ने कार्य भइरहेको छ।’

Author:



क्याटोगरी छान्‍नुहोस