सप्तरीमा विहिवार पनि एक कोरोना संक्रमित थपिए

राजविराज, २९ साउन । सप्तरीमा विहिवार पनि थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमितको संख्या ६ सय १७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार विष्णुपुर गाउँपालिकाका थप एक पुरुषमा संक्रमण देखिएको हो । विष्णुपुर गाउँपालिका वडा नम्वर २ का ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस