कोरोनाबाट प्रदेश २ मा एकैदिन ६ जनाले ज्यान गुमाए

जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारणले प्रदेश २ मा एकै दिन ६ जनाको ज्यान गएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार बारामा ४ र धनुषामा २ जनाको ज्यान गएको हो ।

बाराका ३८, ५०, ६५ र ७८ वर्षीय पुरुषहरुको पनि मृत्यु भएको छ । यसैगरी, धनुषाका एक जना ७० वर्षीय पुरुष र ६५ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै धनुषा र बारामा मृतकको संख्या ६-६ जना पुगेको छ भने प्रदेशमा कुल मृतकको संख्या ३९ पुगेको मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी, विहिवार मात्रै १ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय २८ पुगेको छ । जसमा ३ हजार ५ सय जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस