विश्वभर कोरोनाबाट ७ लाख ४४ हजारबढीले ज्यान गुमाए

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या सात लाख ४४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले हालसम्म विश्वभर सात लाख ४४ हजार ३ सय ८५ जनाको मृत्यु भएको हो ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या दुई करोड ४ लाख ३९ हजार ८१४ पुगेको विश्व स्वास्थ्य स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा ६ हजार ९३३ जनाको मृत्यु

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ९३३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा निकै धेरै हो ।

अघिल्लो २४ घण्टामा ४ हजार ८३५ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २ सय १६ वटा देशमा कोरोना फैलिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस