सिरहाका थप एक जनाको कोरोनाबाट मृत्यु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा थप १ जनाको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको छ ।

मृतक सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष हुन् । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण मंगलबार अस्पताल भर्ना भएका उनको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए ।

मंगलबार भर्ना भएका उनमा कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो । कोरोना परीक्षणका लागि बिहीबार बिहान स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइएको थियो ।

साँझ ७ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उता, सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले शव सिरहा ल्याउने प्रकृयामा रहेको जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस