प्रदेश २ मा चिकित्सक, स्वास्थ्यसहित ४९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा थप ४९ जनामा कोरोना भाइरस (कोभिड–९) संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना, बाराका २० जना, महोत्तरीका २ जना र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत एएक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस