नेपालमा पछिल्लो २४ घण्टामा ५९४ कोरोना संक्रमित थपिए

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का ५ सय ९४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी, संक्रित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय ४० जना डिस्चार्ज भएका छन् । त्यसैगरी, हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस