सप्तरीमा थप ३ नयाँ कोरोना संक्रमित थपिए, ७ जनाको दोश्रो रिपोर्ट पनि पोजेटिभ

राजविराज, ३० साउन । सप्तरीमा शुक्रवार थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका बोदे बरसाईन, खडक र सप्तकोशी नगरपालिकाका थप ३ जना संक्रमित थपिएका हुन् ।

बोदे बरसाईन नगरपालिका वडा नम्वर २ का १ जना, खडक नगरपालिका वडा नम्वर २ का १ जना र सप्तकोशी नगरपालिका वडा नम्वर १ का एक जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट आएको रिपोर्ट अनुसार १० जनामा पोजेटिभ देखिएको छ । जसमा ३ जना मात्रै नयाँ संक्रमित हुन् । अन्य ७ जना भने साइकृष्णा अस्पतालको आइसोलेसनमा रहेका विरामीहरु रहेको प्रमुख यादवले बताए । ‘संंक्रमितहरुको परीक्षण गर्दा ७ जनाको दोश्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ’ उनले भने–‘आज ३ जना थपिएर सप्तरीमा संक्रमितको संख्या ६३१ पुगेको छ ।’

कार्यालयका अनुसार शुक्रवारसम्म ४२९ जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस