कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९९ पुग्यो

जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

प्रदेश अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेशमा मृत्यु भएको छ । जसअनुसार संक्रमणबाट प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जनाको मृत्यु भएको छ ।

यसैगरी, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस