भारतमा २४ घण्टामा ६८ हजार कोरोना संक्रमित थपिए

corona in india

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ६८ हजार ८९८ जना संक्रमित थपिएका हुन् ।

भारतमा विहिवार ६९ हजार ६५२ संक्रमित थपिएका थिए । भारतमा एकैदिन यतिधेरै कोरोना संक्रमित थपिएको यो पहिलो पटक थियो । पछिल्लो २४ घण्टामा भारतमा ९८३ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ हजार ८४९ पुगेको डब्लुएचओको तथ्यांकमा छ ।

यसैगरी कोरोना संक्रमितको संख्या २९ लाख ५ हजार ८२३ पुगेको तथ्यांकमा उल्लेख छ । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस