कोरोनाबाट वीरगन्जमा थप २ जनाको मृत्यु

जनकपुरधाम । पर्साको वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ । विरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालका डा. दिपक कुशवाहाका अनुसार शनिवार विहान पर्साको बहुदरमाइ नगरपालिकाका ६१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनी वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै उपचारार्थ भर्ना थिए ।

गत साउन ३१ गते अलि अर्थो ट्रमा सेन्टर भर्ना गरिएको उनमा भदौ ४ गते पोजेटिभ देखिएको थियो । सोही राति उनलाई वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रमममा मृत्यु भएको डा. कुशवाहाले बताए ।

उनी मुटु, दम, उच्च रक्तचाप र निमोनियाले समेत ग्रसित थिए । यसअघि शुक्रबार राति सोही अस्पतालमा वीरगन्ज महानगरपालिका–२६ का ५८ वर्षीय अर्का पुरुष मृत्यु भएको थियो । मृगौला र मधुमेहका रोगी उनमा खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दा अवस्था झन गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

वीरगन्जमा मृत्यु भएका २७ जना पर्साकै, ५ जना बाराका तथा २ जना रौतहटका हुन् । गत जेठ ३१ गते मृत्यु भएकाको भने अझैसम्म पहिचान खुल्न नसकेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस