पर्सा, बारा र रौतहटमा १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ का पर्सा, बारा र रौतटहका एक सय ५६ जनामा कोरोना भाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा ३ सय २० वटा स्वाब परीक्षण गरिँदा ३४ महिलासहित १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । जसमा पर्साका १ सय ४२ जना, बारामा ९ र रौतहटमा ५ जना छन् ।

संक्रमितमध्ये नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना चिकित्सक, वीरगन्जको एउटा एफएमका ५ जना सञ्चारकर्मी, जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका ९ जन, जीतपुरस्थित नेपाली सेनाको ब्यारेकका २ जना स्टाफ, नेपाल फर्मास्युटिकल्सका ९, हिमाल आइरन स्टिलका ३ जना स्टाफ छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस