सिरहामा प्रहरी र थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । सिरहामा २२ प्रहरी तथा ८ थुनुवा गरी ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी र ८ जना विभिन्न स्थानका थुनुवामा संक्रमण देखिएको हो ।

संक्रमित सबै पुरुष रहेको जनाएको छ । यसअघि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपीसहित ५ जना, ईलाका प्रहरी गोलबजारका १० जना र लहानमा २२ गरी सिरहामा ३८ जना प्रहरी संक्रमित भएको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस