भारतमा २४ घण्टामा ७० हजारबढी कोरोना संक्रमित थपिए

जनकपुरधाम । भारतमा कोरोना भाइरस (कोभिड-९) संक्रमितको संख्या ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित देखिएसँगै भारतमा हालसम्म संक्रमितको संख्या ३० लाख ४३ हजार ४ सय ३६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्रै ७० हजार ६८ जना संक्रमित देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा ९ सय १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ हजार ८ सय ४६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस