कोरोना नियन्त्रणतर्फ सरकार गम्भिर नरहेको भन्दै नेविसंघ सप्तरीद्वारा प्रदर्शन

राजविराज । कोरोना भाइरसको नियन्त्रणतर्फ सरकार उदासिन रहेको भन्दै नेविसंघ सप्तरीले आइतवार सदरमुकाम राजविराजमा प्रर्दशन गरेको छ । नेविसंघआवद्ध युवाहरुले संक्रमणको जोखिम बढ्दो देखिएपनि सरकार लापरवाह बनेको आरोप लगाएका छन् ।

उनीहरुले गजेन्द्रनारायण सिंह अस्पताल अगाडी प्रदर्शन गर्दै अस्पतालमा भेन्टिलेटर र आइसीयु सेवा संचालन हुनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने तथा बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाका कारण हातमुख जोर्न समस्या भएका परिवारलाई अविलम्व राहत उपलब्ध गराउनु पर्ने माग गरे ।

अविलम्व माग सम्वोधनतर्फ ध्यान नगए आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिए । ‘अस्पतालमा भेन्टिलेटर र आइसीयु नहुँदा कोरोनाबाट गम्भिर भएका विरामीलाई अनाहकमा ज्यान गुमाउनु परेकाले तत्काल भेन्टिलेटर र आइसीयु सेवा सुचारु हुनु जरुरी छ’ नेविसंघआवद्ध नेता पार्थो सरकारले भने–‘त्यसो नभए हामी निषेधाज्ञामा पनि आन्दोलन चर्काउन बाध्य हुन्छौं, सरकारको ध्यान जाओस्।’

Author:



क्याटोगरी छान्‍नुहोस