स्वास्थ्यकर्मी, प्रहरीसहित सप्तरीमा १२ कोरोना संक्रमित थपिए, २३ जना निको भएर घर फर्किए

राजविराज । सप्तरीमा आइतवार २ स्वास्थ्यकर्मी र १ प्रहरीसहित थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालाबाट आएको रिपोर्टमा उनीहरु संक्रमित देखिएका हुन् ।

राजविराज नगरपालिकाका १, विष्णुपुर गाउँपालिकाका १, तिरहुँत गाउँपालिकाका १, तिलाठी कोइलाडी गाउँपालिकाका १, खडक नगरपालिकाका ३, शम्भुनाथ नगरपालिकाका १, महादेवा गाउँपालिकाका २ र कञ्चनरुप नगरपालिकाका २ जना संक्रमित थपिएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । जसमा दुई जना स्वास्थ्यकर्मी र एक जना सशस्त्र प्रहरी छन् ।

यसैगरी, आइतवारै २३ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ५१५ जना पुगेको कार्यालय प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस