कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न देशभरिका ४८ जिल्लामा निषेधाज्ञा

जनकपुरधाम । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले ४८ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

आइतबार राति ४८ वटा जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । जसअनुसार ३५ वटा जिल्लामा पूर्ण तथा १३ वटा जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ भने कपिलवस्तु र नुवाकोटको जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गरिएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

हेर्नुहोस् सूची:

 

 

 

Author:



क्याटोगरी छान्‍नुहोस