देशभर ८९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४६०

जनकपुरधाम । देशभर २४ घण्टामा कोरोना भाइरसका ८९९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३०३ महिला र ५९६ पुरुष संक्रमित थपिएको जानकारी दिए ।

योसहित देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १७ हजा ८२२ छ । त्यसैगरी, हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस