महन्थ हत्याका दुई जना आरोपी पक्राउ

जनकपुरधाम, १५ भदौ । रौतहटमा भएको हनुमान मन्दिरका महन्थ हत्याको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । दुवै जनालाई भारतीय प्रहरीको सहयोगमा विहार राज्यबाट पक्राउ परिएको हो ।

हत्या आरोपमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएको रौतहट प्रहरील जनाएको छ । यसैगरी अन्य आरोपीहरु देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

भदौ ३ गते रौतहटको माधव नारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका महन्थ श्रीराम साहको गोली हानी हत्या भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस