विप्लव समूहकी नेतृ भुजेल र सिंह रिहा

राजविराज । प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल र सुमन सिंह पौडेललाई रिहा गरिएको छ । सप्तरी जिल्ला अदालतले सर्वोच्च अदालतको आदेशमा आइतवार दुवै जनालाई रिहा गरेको हो ।

उनीहरुले सवोच्च अदालतमा हालेको बन्दीपत्यक्षीकरण मुद्दामा सो अदालतबाट सम्वन्धीत जिल्ला अदालतमा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहवरमा थुनामुक्त गर्न आदेश भएको थियो ।

सोहीअनुसार सप्तरी जिल्ला अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवाली सप्तरी जिल्ला बार एकाईका अध्यक्ष डोमन साहको रोहवरमा दुवै जनालाई रिहा गरिएको हो ।

दुवै जनालाई रिहा गरेलगत्तै पुनः पक्राउ गर्न प्रहरीको तयारी थियो । तर, कानुन व्यवसायीहरुको सहयोगमा भुजेल र पौडेललाई पछाडीको गेटबाट सुरक्षित निकालेर आफन्तको जिम्मा लगाइएको सप्तरीका बार इकाईका अध्यक्ष साहले जानकारी दिए ।

यसअघि सुनसरीमा भुजेल र पौडेलमाथि राज्य विरुद्धको कसुर, विस्फोटक पदार्थ र संगठित अपराध निवारण ऐन अन्तरगत मुद्दा चलाइएको थियो । सो मुद्दामा सुनसरी जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि गत बुधबार उनीहरुलाई सुनसरीबाट पक्राउ गरि सप्तरी ल्याइएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस