सप्तरीमा बुधवार १५ कोरोना संक्रमित थपिए

राजविराज । सप्तरीमा बुधवार १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कञ्चनरुप र राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपािलकामा नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये सवैभन्दा बढी कञ्चनरुप नगरपालिकाका छन् । वडा नम्वर–६ का ३० र ६० वर्षीया महिला तथा १०, १२ र १३, ३६ र ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी, वडा नम्वर २ का २१, २५ र ३६ वर्षीयमा संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी, तिलाठी कोइलाडीमा पनि ४ जना पुरुष थपिएका छन् । वडा नम्वर ८ का ४ जना छन् । संक्रमितहरु २३ देखि ६७ वर्ष उमेर समूहका छन् । यता, राजविराज नगरपालिका वडा नम्वर ४ का १ जना थपिएको कार्यालयले जनाएको छ ।

योसहित हालसम्म सप्तरीमा संक्रमितको संख्या ८२३ पुगेको छ । जसमध्ये ६०५ डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस