एक हजार १२० कोरोना संक्रमित थपिदा १ हजार ११२ डिस्चार्ज

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३२० महिला र ८०० पुरुष थपिका हुन् ।

योसहित हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ११२ जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म २३ हजार २९० जना डिस्चार्ज भएका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस