कोरोनाबाट देशभर थप १२ जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ महिला र ६ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।

त्यसैगरी बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस