पेस्तोल देखाएर पैसा असुली गर्ने सप्तरीका एक युवकसहित पाँच जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाबाट अटोेमेटिक पेस्तोलसहित ५ जना युवकलाई पक्राउ गरेको छ । वडा नम्वर ४ बाट पक्राउ परेका उनीहरुको साथबाट नेपाली र भारतीय रुपैयाँ पनि बरामद गरिएको हो ।

उनीहरुलाई बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा मोरङकै कटहरी–२ का २७ वर्षीय अभिसेक राय, २८ वर्षीय रविन शर्मा र २६ वर्षीय किसन साह छन् । यसैगरी, सप्तरीको बोदे वरसाईन नगरपालिका–८ का २७ वर्षीय नन्दकिशोर साह र भारत बिहार राज्य सितामणीका २७ वर्षीय राजु साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, १६ थान मोवाइल सेट, १ थान चक्कु, कोताक महिन्द्रा नामको भारतीय बैंकको २ थान चेक र नेपाली रुपैयाँ १८ हजार २० रुपैयाँ र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० बरामद पत्रकार सम्मेलनमा जनाएको छ  ।

उनीहरु व्यापारीहरुलाई हतियार देखाएर पैसा असुली गर्ने, पैसा नदिए ज्यानै मार्नेसम्मको धम्की दिँदै आएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस