सप्तरीमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

राजविराज । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना रहेका दुई जनाको विहिवार मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनका अनुसार राजविराज नगरपालिका–७ का ६५ वर्षीय र राजगढ गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि धरान पठाउनुअघि राजगढ गाउँपालिकाका ती पुरुषको राजविराजमा स्वाब लिइएको थियो । उपचारका क्रममा उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

यसैगरी, केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराजका पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेको थियो । योसहित सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस