सम्पादक यादव कोरोनामुक्त

राजविराज । यस ‘मधेश लाइभ’का सम्पादक श्यामसुन्दर यादव कोरोना मुक्त भएका छन् । संक्रमण पुष्टि भएपछि उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउँदै आएका थिए ।

धरानमा १३ दिन (भदौ ५ गते)को उपचारपछि उनी विहिवार (भदौ १८ गते) संक्रमण मुक्त भएका हुन् । केही दिनदेखि उनलाई ज्वरो आएपछि गजेन्द्रनारायण सिंह अस्पाल राजविराज पुगेका थिए ।

सोही क्रममा भदौ १ गते कोरोना भाइरस परीक्षणकोलागि उनको स्वाब संकलन गरिएको थियो । दोश्रो दिन (भदौ २ गते) रिपोर्ट आएपछि उनमा संक्रमण पुष्टि भएको थियो । सोपछि उनलाई साइकृष्णा हस्पिटल राजविराजस्थित आइसोलेसनमा पठाइएको थियो ।

आइसोलेसनमा उनको स्वास्थ्य झन विग्रीएपछि उपचारकोलागि धरान पठाइएको थियो । उनी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष समेत हुन् । संक्रमणमुक्त भएपछि सम्पादक यादवले चिन्ता व्यक्त गर्नु हुने सवैमा आभार व्यक्त गरेका छन् ।

[उहाँलाई बधाई तथा शुभकामना: कार्यकारी सम्पादक]

Author:



क्याटोगरी छान्‍नुहोस