दलित हत्या बन्द गर भन्दै सप्तरीमा उर्लियो जनसागर

कल्याणपुर । देशका विभिन्न ठाउँमा दलित समूदायमाथि भइरहेको अन्याय अत्याचार विरुद्ध सप्तरीका दलित समूदायले आन्दोलन थालेका छन् ।

संयुक्त दलित संघर्ष समिति गठन गरेरै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । सोही क्रममा शुक्रवार सुरुङ्गा नगरपालिकास्थित कडरबोनामा प्रदर्शन गरिएको छ । दलित समूदायको हत्या, हिंसा र कुटपिटविरुद्ध गठित समितिले सप्तरीमा दलितहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शन पश्चात विरोधसभाको आयोजना समेत गरिएको छ । संघर्ष समितका अध्यक्ष प्रथामलाल राको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि राजेश विद्रोहीले देशमा निरन्तर दलितमाथि भइरहेको योजनाबद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरेका छन् ।

सोही कार्यक्रमका वक्ताहरु निरन्जन राम, विजय राम, त्रिभुवन राम, शम्भु सदा, सुकदेव मण्डको हत्या लगायत विभिन्न ठाउँमा दलितमाथि भएको कुटपिटमा संलग्न दोषीहरुलाई प्रहरीले कानुनको दुरुपयोग गरी उन्मुक्ति दिएकोप्रति आक्रोस व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780