सप्तरीमा एकै दिन कैदीबन्दी र प्रहरी गरी १४ जना कोरोना संक्रमित

राजविराज, १९ भदौ । सप्तरीमा शुक्रवार कैदीबन्दी र प्रहरी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा संक्रमितको संख्या ८७० जना पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार प्रहरी र २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार साँझ आएको रिपोर्टबाट ६ जना प्रहरीमा संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

संक्रमित सवै पुरुष हुन् । योसहित २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराजमा मात्रै ३६ जना प्रहरी संक्रमित भएको निमित्त प्रमुख यादवले बताए । सप्तरीमा हालसम्म ६३८ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।

यसअघि आजै (शुक्रवार) विहान सप्तरी कारागारका ६ जना कैदीबन्दी र कारागारभित्रकै २ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

यो पनि हेर्नुस्ः

सप्तरी कारागारभित्र पनि पस्यो कोरोना, कैदीबन्दीमा त्रास

Author:



क्याटोगरी छान्‍नुहोस