मेहतर उत्थान समाजकाे राहत वितरण कार्यमा समाजसेवीकाे साथ

राजविराज । निषेधाज्ञाका कारण दैनिकी प्रभावित भएका परिवारलाई राहत उपलब्ध गराउँदै अाएका नेपाल राउत मेहतर उत्थान समाज सप्तरीले स्थानिय समाजसेवीकाे साथ पाएकाे छ । शनिवार राजविराज नगरपालिका वडा नम्बर-६ का समाजसेवी एवं कानुन व्यवसायी बौद्धकृष्ण भगतले प्रभावित परिवारलाई राहत उपलब्ध गराउन अार्थिक सहयोग गरेका छन् ।

समाज सप्तरीका अध्यक्ष मनोज राउतलाई उनले ५ हजार रुपैयाँ उपलब्ध गराएका हुन् । अार्थिक सहयोग गर्दै समाजसेवी एवं कानुन व्यवसायी भगतले निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्न नसकेर हातमुख जाेर्न समस्या भईरहेका परिवारलाई राहत उपलब्ध गराउँदै अाएकाे कार्यलाई प्रशंसा गरे । त्यही राहत कार्यमा केही सहयोग गर्न पाउदा खुशी लागेकाे उनले बताए ।

समाज सप्तरीका अध्यक्ष राउतले राहत उपलब्ध गराउन अार्थिक अभाव भईरहेकाे बेला सहयाेग गर्ने समाजसेवी एवं कानुन व्यवसायी भगतलाई धन्यवाद दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस