बलिउड अभिनेता अर्जुन कपुर पनि काेराेना संक्रमित

जनकपुरधाम । बलिउड अभिनेता अर्जुन कपुर पनि कोरोना संक्रमित भएका छन् । उनी अाफ्नाे इन्टाग्राममार्फत संक्रमित भएको कुरा सार्वजनिक गरेका हुन् ।

अर्जुुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो । अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भारतको सञ्चारमाध्यम दैनिक भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको थियो । अर्जुनका पिता बोनी कपुरले पनि यसका लागि समय मागेका थिए ।  यसअघि कनिका कपुर र अमिताभ बच्चनमा संक्रमण देेेेखिएकाे थियाे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780