सप्तरीमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

राजविराज । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ सय नाघेको छ । पछिल्लो पटक आज (आइतवार) मात्रै १८ जनामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा संक्रमितको ९ सय १६ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार आइतवार थपिएकामध्ये सप्तरी जिल्ला अदालतका एक जना न्यायाधीश, दुई जना कर्मचारी र एक जना सुरक्षागार्ड छन् भने विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका ३ जना कर्मचारी, १ जना प्रहरी र राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।

अदालत र विद्युत प्राधिकरणका संक्रमित सवै पुरुष हुन् भने २५ देखि ५३ वर्ष उमेर समूहका रहेको स्वास्थ्यका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । यसैगरी, राजविराज नगरपालिका वडा नम्वर २ का १ महिला र १ पुरुष, वडा नम्वर ४ का १ महिला र १ जना पुरुष तथा वडा नम्वर ७ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उता, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १, २, ३, ६ र ७ मा १-१ जनामा संक्रमण देखिएको हो । जसमा एक महिला रहेको कार्यालयका निमित्त प्रमुख यादवले बताए । यसैगरी, आइतवारै २० जना निको भएर घर फर्किएका छन् । योसहित निको हुनेको संख्या ६६४ पुगेको कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस