देशमा ९७९ कोरोना संक्रमित थपिदा १ हजार ७३६ डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसहित कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६५ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

पछिल्लो समय ९ हजार २१८ जनाको पिसिआर परीक्षण गरिएको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस