भारतमा ४२ लाख ८० हजार कोरोना संक्रमित

corona in india

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ८०९ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार योसहित भारतमा हालसम्म संक्रमितको संख्या ४२ लाख ८० हजार ४२२ पुगेको छ ।

यसैगरी, भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३३ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस