मिथिलाञ्चलमा जितिया पर्व सुरु

राजविराज । हिन्दु धर्मावलम्वी विवाहित नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाइने पवित्र ‘जितिया पर्व’ आजबाट धार्मिक विधिअनुसार सुरु भएको छ । खास गरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको ‘जितिया पर्व’ प्रतिवर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईने परम्परा रहिआएको छ ।

पर्वको पहिलो दिन सप्तमी तिथीमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको हो । ब्रतालु नारीहरुले नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर भगवान जितमाहनको पुजा गरेकी छन । पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन रहिआएको छ । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ ।

जितियाको दोस्रो दिन अष्ठमीतिथिमा ब्रतालुहरु ३६ घण्टाको लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथा सुन्ने गरिन्छ भने अन्तिम दिन नवमी तिथिमा पुनः नदि, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएर ब्रत समाप्त भएको मानिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत जानकारहरुको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस